• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कप क्रिकेटः कर्णाली विजयी

प्रधानमन्त्री कप क्रिकेटः कर्णाली विजयी


  • 3.3K
    SHARES
    • माघ ९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.1K Views

    प्रधानमन्त्री कप क्रिकेटः कर्णाली विजयी
    काठमाडौँ, ९ माघ/ राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई हराएको छ । मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो । 
     
    यससँगै तेस्रो जित हासिल गरेको कर्णालीले छ खेलपछि छ अङ्क जोडेको छ । सात खेल खेलेको कोशी प्रदेश अङ्कविहीन छ । कोशीले प्रस्तुत गरेको एक सय ५२ रनको लक्ष्य कर्णालीले २८ दशमलव तीन ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।
     
    कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा छ चौका र दुई छक्काको मद्दतमा अविजित ५० रन बनाए । यसैगरी विपीन शाहीले २८, हिमाङ्शु शाहीले अविजित २४, निश्चल रावलले २१ तथा कप्तान रवीन्द्र शाहीले १२ रन बनाए । कोशीका लागि हेमन्त राईले तीन विकेट लिए भने कमल खत्रीले एक विकेट झारे । 
     
    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो । उसका लागि सुजन थपलियाले ७३ बलमा आठ चौका र चार छक्काको मद्दतले ७३ रन बनाए । सौजन घिमिरेले १२ तथा आइश भट्टराईले ११ रन बनाए । 
     
    कर्णालीका लागि दिनेश अधिकारीले चार विकेट लिए भने प्रकाश जैसीले तीन तथा दिवान पुनले दुई विकेट लिए । 


    तेस्रो आँखा