• ट्रेण्डिङ्ग :
गगन थापा ‘संवाद यात्रा’मा निस्किँदै, भद्रपुरबाट सुरु हुने

गगन थापा ‘संवाद यात्रा’मा निस्किँदै, भद्रपुरबाट सुरु हुने


  • 2.1K
    SHARES
    • माघ ९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.2K Views

    गगन थापा ‘संवाद यात्रा’मा निस्किँदै, भद्रपुरबाट सुरु हुने

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ‘संवाद यात्रा’मा निस्कने भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री थापा संवाद यात्रा लिएर वडा तहसम्म पुग्न लागेका हुन् ।

    images

    “संवाद यात्रा । अब तपाईंसँग मेरो भेट तपाईंकै गाउँमा, तपाईंकै ठाउँमा,” उनले मंगलबार सामाजिक सञ्जालमार्फत भनेका छन् ।

    थापाले 'समुदायसँग कांग्रेस' अभियानको अवसरमा संवाद यात्रा गर्ने तयारी भएको बताए । उनका अनुसार संवाद यात्रा माघ १३ गते झापाको भद्रपुर–५ मेचीपुलबाट सुरु हुने छ ।

    “समुदायमा कांग्रेस अभियान अन्तर्गत म माघ १३ गते भद्रपुर वडा नम्बर ५ मेचीपुल भन्सारबाट तपाईंसँगको संवाद यात्रामा हुने छु,” उनले भने ।

    कांग्रेसले पहिलो चरणको समुदायमा कांग्रेस अभियान अन्तर्गत माघ २६ सम्मको कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । दोस्रो चरणको कार्यक्रम पार्टी महासमिति बैठकपछि हुने कांग्रेसले जानकारी दिएको छ । 

    पार्टीले पाँच महत्त्वपूर्ण उद्देश्य राखेर अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।


    तेस्रो आँखा