• ट्रेण्डिङ्ग :
दाङ एक्सपो माघ २३ देखि हुने

दाङ एक्सपो माघ २३ देखि हुने


  • 4.5K
    SHARES
    • माघ ९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.9K Views

    दाङ एक्सपो माघ २३ देखि हुने

    दाङ ९ माघ/ घोराहीमा हुने भनिएको दाङ  लुम्बिनी प्रदेश स्तरीय एक्सपो–२०८० माघ २३ गतेदेखि हुने भएको छ । प्रमुख जिल्ला अधिकारी  रामबन्धु सुवेदी दाङ उद्योग वाणिज्य संघ, दाङ चेम्बर अफ कमर्श र व्यापारी बिच सोमबार घोराहीमा भएको छलफलले माघ २३ गते मेला संचालन गर्ने निर्णय गरेको चेम्बर अफ कमर्श दाङका  अध्यक्ष विकास अग्रवालले जानकारी दिनुभयो ।

    images

     मेला लाग्ने ठाउँमा आलु,तोरी,लगायतका अन्नवाली भित्र्याउन किसानले समय माग गरेका कारण भेला केही दिनलाई पर सारिएको अध्यक्ष  अग्रवालले  जानकारी दिनुभयो । दाङ चेम्बर अफ कमर्श दाङले घोराहीमा माघ १२ गतेदखी २६ गतेसम्म आयोजना गर्न लागेको थियो ।  अध्यक्ष  अग्रवालका अनुसार,अहिले स्टल वुकिङ भइसकेको र महोत्सवको मञ्च ब्यवस्थापनको तयारी भइरहेको जानकारी दिनुभयो ।

    महोत्सवमा स्थानीय उत्पादनदेखि कृषिजन्य सामग्रीहरुको स्टल पनि राखिने छ  ।  सो अबसरमा एक्सपोमा स्थानीय कलाकारहरुदेखि केन्द्रका कलाकारहरुको पहिलो चरणको नाम पनि सार्वजनिक गरिएको छ ।घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय दाङवाट अनुमति लिई महोत्सवको तयारी ब्यापक भईरहेको छ ।

    महोत्सवमा उठेको  सामाजिक काममा खर्चिने अध्यक्ष अग्रवालको भनाई छ ।  संकलित हुने रकम मध्ये खेल अभियानलाइ अघि बढाउन घोराहीको खेलकुद समितिलाई र असहाय, अशक्तको सहाराको केन्द्र बनेको मानव सेवा आश्रमलाई पनि केही रकम सहयोग हुने जानकारी दिनुभयो  ।


    तेस्रो आँखा