• ट्रेण्डिङ्ग :
नेपालले दियाे पाकिस्तानलाई १ सय ९८ रनकाे लक्ष्य

नेपालले दियाे पाकिस्तानलाई १ सय ९८ रनकाे लक्ष्य


  • 3.9K
    SHARES
    • माघ १०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.0K Views

    नेपालले दियाे पाकिस्तानलाई १ सय ९८ रनकाे लक्ष्य

    काठमाण्डाै । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

    images

    दक्षिण अफ्रिकाको इस्ट लन्डनमा भएको खेलमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन बनायो । नेपालका बिपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २० रन जोडे । पाकिस्तानका अरफत मिनहासले ३ विकेट लिए ।

    प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । समूह ‘डी’ मा रहेको नेपालले अब पर्सि अफगानिस्तानसँग खेल्नेछ ।

    प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।


    तेस्रो आँखा