• ट्रेण्डिङ्ग :
गैरआवासीय नेपाली संघ जापानको क्षेत्रीय भेला सिजुओकामा

गैरआवासीय नेपाली संघ जापानको क्षेत्रीय भेला सिजुओकामा


  • 15.6K
    SHARES
    • माघ १०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 24.1K Views

    गैरआवासीय नेपाली संघ जापानको क्षेत्रीय भेला सिजुओकामा

    मनिष खनाल,जापान, १० माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय भेला– २०२४ सिजुओकामा जनवरी २१ तारिख आइतवार सम्पन्न भएको छ ।

    images

    जापानवासी नेपाली समुदायसँग निकटताको सम्बन्ध स्थापना गर्दै उनीहरुको नजिकको साथी बन्नुपर्छ भन्ने मान्यताका साथ भेला सम्पन्न भएको छ । जापानी नेपाली समुदायमा गरिने हरेक कार्यक्रममा सबैको अपनत्व हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै एनआरएनए जापानको विधान २०२१ को संशोधन सहितको विधान २०२३ को परिच्छेद ४ को दफा ३ बमोजिम एनआरएनए जापानका पदाधिकारीसहित सदस्य, क्षेत्रीय समितिका पदाधिकारीसहित सदस्य विभागीय समितिका संयोजक सदस्य एनआरएनएका अभियन्ता जापानमा क्रियाशील संघसंस्थाका प्रमुख वा प्रतिनिधि, समाजका प्रतिष्ठित व्यक्तित्व, व्यवसायी पत्रकारलगायतको उपस्थितिमा यो क्षेत्रीय क्षेत्रीय भेला— २०२४ कार्यक्रम भएको थियो ।

    NRNA Japan6.jpg

    राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय समितिबीचको सम्बन्धलाई सुमधुर, प्रगाढ बनाई समन्वयात्मक र सहकार्यमा कार्य गर्दा सेवा प्रवाहमा सरलता आउने र प्रभावकारी हुने बताइएको छ । दोहोरोपनामा कमी ल्याएर कार्यशैलीमा एकरूपता गराउन सहज होस र जापानमा रहेका नेपालीका समस्याको पहिचान र समाधान, साझा बुझाइ कायम, वार्षिक कार्यक्रम निर्धारण, एनआरएनए जापान जापानवासी नेपालीको साथी बनाउनका लागि क्षेत्रीय समिति र रासपको संयुक्त प्रयासबाट प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्य रहेको थियो ।

    कार्यक्रममा एनआरएनए जापानअन्तर्गत रहेका १२ वटा क्षेत्रीय समितिहरूले यस कार्यकालमा गरेका कार्य, आगामी दिनमा गरिने योजना, राष्ट्रिय समन्वय परिषद र क्षेत्रीय समितिका बीच अपनाउनु पर्ने सम्बन्धका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

    NRNA Japan5.jpg

    भेलाले एनआरएनए जापानमार्फत जापानवासी नेपालीको हकहित र नेपालको चिनारीलाई थप उचाइमा पुराउनका लागि एनआरएनए जापानको भूमिका र गरिनुपर्ने गतिविधिका बारेमा केन्द्रीत रहेर प्रस्तुतिकरण सहितको अन्तक्र्रिया भएको थियो । जापानबासी नेपाली समुदायसँग निकटताको सम्बन्ध स्थापना गर्दै उनीहरुको नजिकको साथी बन्नुपर्छ र जापानी नेपाली समुदायमा गरिने हरेक कार्यक्रममा सबैको अपनत्व हुनुपर्छ भन्ने मान्यतालाई भेलाले आत्मसात गरेको छ । जापानमा नेपालीहरुको दुखसुख र अप्ठ्यारोका लागि एनआरएनए जापान छ भन्ने बनाउन र जापानस्थित नेपाली समुदायको हितका लागि नै एनआरएनए जापान छ र क्रियाशील रहिरहने भन्ने जनमानसमा बोध गराउनका लागि कार्यक्रमहरु केन्द्रित हुनुपर्नेमा भेलाले जोड दिएको छ । 

    एनआरएनए जापानका सम्पूर्ण क्षेत्रीय समितिलाई एनआरएनएको मर्म र उद्देश्यअनुरुप क्रियाशील हुनका लागि कार्ययोजना तर्जुमा गरी क्षेत्रीय समितिका हालसम्मका गतिविधिको समीक्षासहित यस कार्यकालका लागि योजना बनाउन भेला सफल रह्यो ।

    NRNA Japan3.jpg

    नेपालको चिनारी र पर्यटन प्रवद्र्धनमा एनआरएनए जापानले खेल्ने भूमिका, एनआरएनए एनसीसी र एनआरएनए एलसीसीको अन्तरसम्बन्ध र सहयोग आदानप्रदानको प्रणालीको बारेमा स्पष्टता, सहकार्यको आवश्यकता, औचित्य र त्यसपछि गरिनुपर्ने भूमिकासहितको जिम्मेबारीका बारेमा साझा बुझाई कायम गरी त्यसको कार्यान्वयन गर्न योजनाबद्ध कार्यक्रम बनाउन क्षेत्रीय भेला २०२४ कोशेढुंगा सावित भएको बताइएको छ । 

    NRNA Japan1.jpg

    भेलामा एनआरएन क्षेत्रीय समिति नागोयाका संयोजक कृष्णप्रसाद गौतम भेषनाथ, कान्तोका सागर कार्की, चिबाका समीरजंग खड्का, क्यूस्युका विवेक बुढाथोकी, सेन्दाईका सन्दीप जीसी, तोचिगीका सन्तोष घिमिरे, गुन्माका उपसंयोजक पन्थी, सिजुओकामा राजु डंगोल, ओकिनावाका देवेन्द्र खड्का, ओसाका कान्साईका हरिप्रसाद कँडेल, निगाताका दिनेश सुनार, गुन्माका सचिव श्रीधर पन्थी र नागानोका उप संयोजक जीवन क्षेत्रीले आफ्नो क्षेत्रीय समितिमा भए गरेका गतिविधि, आगामी कार्ययोजना, आवश्यक सुझावसहित प्रस्तुतिकरण गरेका थिए । 

    NRNA Japan4.jpg

    प्रस्तुतिकरणसहितको अन्तक्र्रियाबाट निम्नानुसारको निष्कर्ष निकालिएको छ :

    १) एनआरएनए जापान र सम्पूर्ण क्षेत्रीय समितिहरूले एनआरएनएको मर्म र उद्देश्यअनुरुप क्रियाशील हुनेगरी कार्ययोजना तर्जुमा गरिनुपर्ने ।

    २) एनआरएनए जापानको पहलमा भएका नीतिगत र सैद्धान्तिक निर्णय र त्यस्ता निर्णयले नेपालीलाई पार्ने असर र प्रभावको बारेमा बुझाई कायम भएको ।

    ३) एनआरएनए एनसीसी र एनआरएनए एलसीसीको अन्तरसम्बन्ध र सहयोग आदानप्रदानको प्रणाली र सहकार्यको आवश्यकता, औचित्य र त्यसपछि गरिनुपर्ने भूमिकासहितको जिम्मेवारीका बारेमा साझा बुझाई कायम ।
    ४) एनआरएनए एनसीसीको विधानमा नै क्षेत्रीय समितिका बारेमा स्पष्ट काम कर्तव्य र अधिकार तोकिनु पर्ने ।
    ५) राष्ट्रिय समन्वय परिषद्सहित क्षेत्रीय समितिलाई अनुशिक्षणका कार्यक्रम सञ्चालन गरी नेतृत्वको क्षमता विकासलाई अभिवृद्धि गरिनुपर्ने ।
    ६) एनआरएनए जापानको आन्तरिक सूचना प्रणालीलाई थप प्रभावकारी बनाइनु पर्ने ।
    ७) प्रत्यक्ष नेपाली समुदायलाई सकारात्मक प्रभाव पार्ने कार्यक्रमको तर्जुमा र कार्यान्वयन गरिनु पर्ने ।
    ८) जापानका लागि नेपाली दूतावास टोकियोको सेवालाई अझ प्रभावकारी बनाउन सम्बन्धित सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय, कर्मचारी थपका लागि पहल गरिनुपर्ने ।
    ९) विधानको समयसापेक्ष परिमार्जन गरी एनआरएनए जापानको कार्य सञ्चालनका क्रममा आएका व्यवधान समाधान गरी समयसापेक्ष बनाइनु पर्ने ।
    १०) जापानमा नेपालीको जनघनत्व बढी भएका क्षेत्रहरुमा दूतावासको समन्वयमा घुम्ती सेवा सञ्चालन गरिनुपर्ने ।
    ११) जापानका सरकारी निकायसँग समय समयमा अन्तक्र्रियात्मक कार्यक्रम गरी यहाँको परिमार्जित नीति नियमका बारेमा नेपाली समुदायलाई जानकारी गराइनु पर्ने ।
    १२) नेपालको चिनारी र पर्यटन प्रवद्र्धनमा एनआरएनए जापानले खेल्ने भूमिका, नेपाल फेस्टिवल सञ्चालन र त्यसले दिने सकारात्मक सन्देशसहित यसको सञ्चालनमा निश्चित मापदण्ड तय गरी गरिनु पर्ने । 
    १३) क्षेत्रीय समितिले कार्यक्रमको प्राथमिकीकरण गर्दै क्षेत्रीय समितिको प्रकृतिअनुरुप आफ्नो पहिचानसहित यस कार्यकालका लागि मुख्य एक कार्यक्रमको छनोट गरिनुपर्ने । यसका लागि एक क्षेत्रीय समिति एक विशेष कार्यक्रम सञ्चालन गर्ने ।
    १४) एकै प्रकृतिका कार्यक्रम संयुक्तरुपमा गर्नका लागि पहल गर्दै जापानमा रहेका नेपालीहरुमाझ आइपर्ने समस्या र त्यसको समाधानका लागि उपयुक्त एनआरएनए जापानको आन्तरिक संयन्त्रको विकास गरिनु पर्ने ।
    १५) जापानमा मनाइने नेपाली चाडपर्वलाई व्यवस्थित र जापानको कानुनी दायरामा रहेर गर्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।
    १६) जापानमा नेपालीको संख्या बढेसँगै क्षेत्रीय समिति र रासपको जिम्मेवारीको दायरा समेत बढ्दै गएकोले जापानमा रहेका नेपालीहरुमा बढ्दै गइरहेका दुर्घटना न्यूनीकरणका लागि विषेश सचेतनामूलक कार्यक्रम गरिनुपर्ने ।

    अन्त्यमा कार्यक्रममा आतिथ्यताको रूपमा पाल्नुहुने सम्पूर्ण अतिथिहरु, कार्यक्रम सफलताको शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण महानुभावहरु, स्थानीयरुपमा सफल व्यवस्थापकीय भूमिका निर्वाह गर्ने क्षेत्रीय समिति सिजुओकालाई भेलाले आभार प्रकट गरेको थियो । कार्यक्रममा कला प्रस्तुत गर्ने कलाकार, कार्यक्रमको लागि क्षेत्रसँग प्रभावकारी समन्वय गरिदिने उपाध्यक्ष तथा क्षेत्रीय समिति संयोजक देवराज उप्रेती, भेलामा सक्रिय सहभागिता जनाउनु हुने राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरुसहित उपस्थित सम्पूर्णप्रति पनि हार्दिक आभार प्रकट गरिएको थियो ।