• ट्रेण्डिङ्ग :
त्रिवि उपकुलपतिमा पहिलोपटक महिला प्रतिस्पर्धी

त्रिवि उपकुलपतिमा पहिलोपटक महिला प्रतिस्पर्धी


  • 5.9K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 9.1K Views

    त्रिवि उपकुलपतिमा पहिलोपटक महिला प्रतिस्पर्धी

    काठमाण्डौं । त्रिविलाई संकटबाट पार लगाउन सक्ने क्षमता र योग्यता मसँग छ। त्रिविमा मैले ३५ वर्षदेखि प्राध्यापन गर्दै आएकी छु। महिला मात्र भएर होइन, एक सक्षमक र योग्य उम्मेदवारको हैसियतले मैले उपकुलपति दाबी गर्दै आवेदन दिएकी हुँ।’  

    images

    उपकुलपति पदका लागि प्राध्यापक डा. संगीता रायमाझीले पनि आवेदन दिएकी छन्। उनले पनि आफू उपकुलपति पदका लागि योग्य भएको दाबी गरिन्। यसअघि त्रिविको उपकुलपति पदका लागि खुला रूपमा आवेदन माग नभएकाले राजनीतिक पहुँच नभएका तर योग्य र क्षमतावान् प्राध्यापक पाखा लागेको गुनासो गरिन्।

    तर यसपटक सक्षम र योग्यलाई उपकुलपति बनाउने कुलपतिको घोषणा सकारात्मक भएको उनले बताइन्। ‘तीन दशकदेखि त्रिविमा प्राध्यापन गर्दै आएकी छु। मसँग त्रिविलाई संक्रमणकालबाट निकास दिनसक्ने पूर्ण योग्यता, क्षमता र आत्मविश्वास छ,’ उनले भनिन्, ‘पूरै देशले त्रिविको उपकुलपति कसरी र को बन्छ भन्नेबारे निगरानी गरिरहेको छ। समितिले कार्यविधि र मापदण्डमा रहेर छनोट र सिफारिस गर्नेमा म विश्वस्त छु।’

    शिक्षा मन्त्रालयका प्रवक्ता शिव सापकोटाले भने, ‘उपकुलपति सिफारिस समिति प्राप्त आवेदन रुजु गरिरहेको छ। समितिले छिटै तीनजना उम्मेदवारको नाम कुलपतिसमक्ष सिफारिस गर्नेछ।’

    उपकुलपति सिफारिससम्बन्धी कार्यविधि- २०८० अनुसार उपकुलपतिका लागि आवेदन माग भएपछि ४३ जनाले दाबी पेस गरेका छन्। आफूलाई उपकुलपतिको सक्षम उम्मेदवार दाबी गर्दै आवेदन दिने प्राध्यापकहरूमा शिवलाल भुसाल, गुणनिधि न्यौपाने, संगीता रायमाझी, कुशुम शाक्य, टंकनाथ धमला, सञ्जय आचार्य, आनन्दबल्भ जोशी, अक्कलदेब मिश्र, ऋदिशकुमार पोखरेल, नारायणप्रसाद बेल्वासे, चन्द्रमणि पौडेल, ज्ञानेन्द्रप्रसाद पौड्याल, लेखनाथ शर्मा, विनयकुमार झा, शुभनारायण पाठक, महानन्द चालिसे, सूर्यबहादुर थापा, वेदनाथ शर्मा, हेमराज पन्त छन्।

    यसैगरी प्राध्यापकहरू भोजराज अर्याल, भीमसेन देवकोटा, प्रकाश घिमिरे, रामचन्द्र बस्नेत, एकराज ओझा, तिर्थराज खनिया, केदारनाथ घिमिरे, महेन्द्रप्रसाद शर्मा, विनोद पराजुली, देवबहादुर खड्का, कृष्णराज तिवारी, केशरजंग बराल, गोविन्द सुवेदी, राजकुमार पोखरेल, नवराज देवकोटा, बालमुकुन्द जोशी, रामप्रसाद रेग्मी, चित्रबहादुर बुढाथोकी, इन्द्रबहादुर कार्की, त्रिरत्न बज्रचार्य, प्रमोदकुमार झा, नन्दबहादुर सिंह, प्रकाश घिमिरेले पनि उपकुलपतिका लागि आवेदन दिएका छन्।


    तेस्रो आँखा