• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न


  • 3.4K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.2K Views

    लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न

    दाङ, ११ माघ/लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ । कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिनुभयो। 

    images

    मतदानमा प्रदेशसभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका दुई सय १८ मत मध्ये दुई सय १६ मत खसेको र दुई मत खस्न बाँकी रहेकामा  मतदानको समय ३ बजे सम्म रहेपनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउननसक्ने जानकारी गराएपछि मतदानसम्बन्धी सम्पूर्ण काम सम्पन्न भएको निर्वाचन अधिकृत पाण्डेयले बताउनुभयोे । 

    दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र दुई १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी तीन सय पाँच मतदाता थिए भने छ जना उम्मेदवार प्रतिष्पर्धामा छन्  । अबको केही बेरमा मत गणना थालिने उहाँले  जानकारी दिनुभयो ।


    तेस्रो आँखा