• ट्रेण्डिङ्ग :
लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा बिजयी 

लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा बिजयी 


  • 6.1K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 9.4K Views

    लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा बिजयी 

    घोराही ११ माघ/राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी बिजयी भएका छन् । सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी बिष्णुदेवी सापकोटा बिजयी भएकि हुन । सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा बिजयी भएका हुन । 

    images

    बिहीवार भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई हराउँदै गठबन्धनतर्फबाट उम्मेदवार बन्नुभएका सुवेदी र सापकोटा बिजयी भएका हुन । निर्वाचनमा सुवेदीले ५४३५  र सापकोटाले ५४३५ मतभार प्राप्त गर्दै बिजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवारी तुलसा केसीले २८६७ मतभार र झपेन्द्र घर्ती क्षेत्रीले ३०३९  मतभार प्राप्त गर्नुभएको थियो । 

    त्यसैगरी महिला कोटामा राप्रपाबाट उम्मेदवार बन्नुभएकी विजयालक्ष्मी सिह २५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले २५० मतभार प्राप्त गर्नुभएको थियो । विहीवार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको  निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३ सय ५ मतमध्ये  ३ सय ३ मत खसेको थियो ।


    तेस्रो आँखा