• ट्रेण्डिङ्ग :
राहुल महरालाई थुनामुक्त गर्न अदालतद्वारा अस्वीकार

राहुल महरालाई थुनामुक्त गर्न अदालतद्वारा अस्वीकार


  • 5.1K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.8K Views

    राहुल महरालाई थुनामुक्त गर्न अदालतद्वारा अस्वीकार

    काठमाडौं ११ माघ/थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका राहुल महराको निवेदन उच्च अदालत पाटनले अस्वीकार गरेको छ । भन्सार चोरी पैठारी र सङ्गठित अपराधको कसुरमा थुनामा रहेका महरालाई उच्च अदालतले समेत थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

    images

    बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो । काठमाडौँ जिल्ला अदालतले पाँच लाख धरौटी माग गर्ने आदेश गरेको लोकेन्द्रकुमार पौडेलको आदेश पनि उच्च अदालतले सदर गरेको छ ।

    ६० किलो सुन तस्करीका प्रमुख पात्र रहेका दावा छिरिङ लगायतका व्यक्तिसँग कनेक्सन देखिएको र सुन तस्करीमा संलग्न रहेको भन्दै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका पुत्र राहुल महराविरुद्ध सीआइबीको प्रतिवेदनको आधारमा काठमाडौं जिल्ला अदालतमा आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र सङ्गठित अपराधमा मुद्दा दायर भएको थियो ।


    तेस्रो आँखा