• ट्रेण्डिङ्ग :
फेरि कुटिए डाक्टर

फेरि कुटिए डाक्टर


  • 4.1K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.3K Views

    फेरि कुटिए डाक्टर

    काठमाडौं । आयुर्वेद चिकित्सक डा. चन्द्रवली शाहमाथि कुटपिट भएकाे छ । बिहीबार साँझ आयुर हेल्थकेयर सातदोबाटाेमा कार्यरत डा. शाहलाई पाँच जनाको अज्ञात समूहले क्लिनिकभित्रै प्रवेश गरेर कुटपिट गरेको हो ।

    images

    घटनापछि सख्त घाइते भएका उनकाे बी एन्ड बी अस्पतालमा उपचार भइरहेकाे नेपाल आयुर्वेद चिकित्सक संघले जनाएको छ ।

    संघको सदस्यसमेत रहेका शाहमाथि आक्रमण गर्ने समूहलाई स्वस्थ्यकर्मी तथा स्वास्थ संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्न संघले माग गरेकाे छ ।

    ऐनअनुसार स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई छ महिनादेखि दुई वर्षसम्म कैद र ५० हजारदेखि एकलाख रुपैयाँसम्म जरिबानाकाे व्यवस्था छ ।


    तेस्रो आँखा