• ट्रेण्डिङ्ग :
क्रिप्टोको कारोबार गर्ने दुई जनाविरुद्ध ४२ करोड बिगो माग दाबीसहित मुद्दा दायर

क्रिप्टोको कारोबार गर्ने दुई जनाविरुद्ध ४२ करोड बिगो माग दाबीसहित मुद्दा दायर


  • 2.5K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.9K Views

    क्रिप्टोको कारोबार गर्ने दुई जनाविरुद्ध ४२ करोड बिगो माग दाबीसहित मुद्दा दायर

    काठमाडौं । राजस्व अनुसन्धान विभागले 'क्रिप्टो करेन्सी'को कारोबार गरेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    images

    आज विभागले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी यूएसडीटी कोइन)को कारोबार गरेको अभियोगमा झापाका शुभम कुमार यादव र रोहन चौधरीविरुद्ध १४ करोड बिगोको तीन गुणा (४२ करोड रुपैयाँ) सम्मको माग दाबी गरेर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

    करिब पाँच महिनाको सुक्ष्म अनुसन्धानपछि उनीहरूविरुद्ध अभियोग दायर गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।

    विभागको अनुसन्धानबाट शुभमले ‘बनान्स एप’को प्रयोग गरी गरी क्रिप्टोको कारोबार गरेको खुलेको छ । उनले कारोबारको रकम राख्न तथा झिक्ने प्रयोजनका लागि उनकै साथी रोहनको खाता प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

    उनीहरूमाथि विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ बमोजिमको सजाय माग दाबी गरी अभियोग दायर गरिएको महानिर्देशक ढुंगानाले बताए ।विभागले अधिकतम तीन वर्षको जेल सजायसहित पनि माग गरेको छ ।


    तेस्रो आँखा