• ट्रेण्डिङ्ग :
क्रिकेटर दीपेन्द्र ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसडर नियुक्त

क्रिकेटर दीपेन्द्र ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसडर नियुक्त


  • 2.6K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.0K Views

    क्रिकेटर दीपेन्द्र ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसडर नियुक्त

    काठमाण्डौं ! नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसनल प्रालिको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् । ग्रेस इन्टरनेसनलले दीपेन्द्रसँग तीन वर्षका लागि सहकार्य गरेको हो ।

    images

    बिहीवार एक कार्यक्रमका बीच ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्र्यिु पौडेल र क्रिकेटर दीपेन्द्रले सम्झौतापत्रमा हस्ताक्षर गरे । दीपेन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका छन् ।

    ग्रेस इन्टरनेसनलका निर्देशक पौडेलले दीपेन्द्रसँगको सहकार्य व्यावसाय प्रवर्द्धनको उद्देश्यले मात्र नभएर क्रिकेटप्रति उत्तरदायित्वको रूपमा रहेको बताए ।

    क्रिकेटर दीपेन्द्रले पनि ग्रेससँग सहकार्य गर्न पाएकामा खुसी व्यक्त गर्दै यस यात्रामा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे ।


    तेस्रो आँखा