• ट्रेण्डिङ्ग :
बर्दियामा आगोले जलेर एकजनाको मृत्यु

बर्दियामा आगोले जलेर एकजनाको मृत्यु


  • 2.8K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    बर्दियामा आगोले जलेर एकजनाको मृत्यु

    बर्दिया । बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ।

    images

    स्थानीय ८० वर्षीय चेतानन्द शर्माको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुधीर शाहीले जानकारी दिए। आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर, गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो।

    बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको एसपी शाहीले बताए। बर्दियामा जाडोयाम लागे यता आगो ताप्ने क्रममा जलेर आठ जनाको मृत्यु भइसकेको छ।


    तेस्रो आँखा