• ट्रेण्डिङ्ग :
एनआरएनएद्वारा अस्पताललाई १ करोड २५ लाखको अक्सिजन प्लान्ट

एनआरएनएद्वारा अस्पताललाई १ करोड २५ लाखको अक्सिजन प्लान्ट


  • 13.0K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 20.1K Views

    एनआरएनएद्वारा अस्पताललाई १ करोड २५ लाखको अक्सिजन प्लान्ट

    काठमाडौं, १२ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार  धनगढीमा आयोजित एक कार्यक्रममा एनआरएनए अध्यक्ष डा. बद्री केसीले अस्पतालका अध्यक्ष नरबहादुर शाहलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो ।  

    images

    प्लान्टको उदघाटन गर्दै शुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले अक्सिजन प्लान्ट स्थापना गरेर  एनआएरएनएले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको समेत  बताउनुभयो ।

    मन्त्री साउदले प्रदेशको बेरोजगारी र गरिबी अन्त्यका लागि सुदूरपश्चिममा केही परियोजना सञ्चालन गर्न एनआरएनएलाई आग्रह गर्नुभएको छ । उहाँले सुदूरपश्चिममा जनशक्तिको अभाव नरहेको उःलेख गर्नुहुँदै बेरोजगारी समस्याका कारण प्रदेशको श्रम भारत पलायन भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा अध्यक्ष डा. केसीले कोरोना महामारीको बेला गैरआवासीय नेपाली संघले विदेशमा र नेपालमा रहेका नेपालीहरुलाई ठूलो सहयोग पुराएको स्मरण गर्नुभयो । डा. केसीले आफ्नो गाँस काटेर विदेशमा बस्ने नेपालीहरुले देशमा प्राकृतिक प्रकोप, भूकम्प वा कोरोनामा महामारीमा सहयोग गर्दै आएको बताउनु भयो । उहाँले सम्पूर्ण दाताहरुलाई संघको तर्फ धन्यवाद व्यक्त गर्नुभयो ।

    कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिम्खडाले सानो सहयोगले पनि मानिसको ज्यान जोखिमबाट बच्नसक्ने भएकाले  मोवाइल ब्लड बस, अक्सिजन प्लान्ट हस्तान्तरण गरेको बताउनुभयो । उहाँले नेपालका दुर्गम क्षेत्रमा टेलिमेडिसनको सेवा सञ्चालन गर्न सकिने बताउँदै आगामी दिनमा गैरआवासीय नेपाली संघको सहकार्यमा टेलिमेडिसीन कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो  ।

    1 (1).jpg

    कार्यक्रममा अस्पतालका अध्यक्ष शाहले संघले प्लान्ट हस्तान्तरण गरेपछि अस्पताल अक्सिजनमा पूर्णरुपमा आत्मर्निभर भएको बताउनुभयो । उक्त प्लान्टले हावामा रहेको अन्य अक्सिजनलाई प्रशोधन गरेर १ घण्टामा ८ वटा सिलिन्डर तयार गर्न सक्छ ।

    प्रदेश आपूर्ति व्यवस्था केन्द्रका प्रमुख डा. निरज अर्यालले सेतीमा अक्सिजन प्लान्ट स्थापनाले ठूलो हौसला मिलेको बताउनुभयो ।
    कार्यक्रमा सेती अस्पतालका प्रतिनिधिरु, ओशिनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, हेमन्त काफ्ले आइसीसी सदस्य, सल्लाहकाहरु टिबी कार्की, अतुल कोइराला, भैरव ढकाल, भवानी ओली विधान संशोधन समितिका संयोजक, अर्जुन श्रेष्ठ पूर्वउपाध्यक्ष, सन्तोष भट्टराई पूर्व युरोप क्षेत्रीय संयोजक र सत्यनारायण झा (माल्टा) संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, अधिकृत कुनाल मिश्र लगायतको विशेष उपस्थिति थियो ।

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • तेस्रो आँखा