काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चिसोको एलर्जी भएको छ । अध्यक्ष ओलीलाई चिसोका कारण रुघाखोकी लागेकाले राष्ट्रिय सभा निर्वाचन लगत्तै बस्ने भनेको एमाले सचिवालय बैठक केही दिन पछि धकेलिएको छ । ‘अध्यक्षलाई चिसोले रुघाखोकी लागेको छ । त्यसकारण तत्काल बस्ने भनेको सचिवालय केही दिन पर धकेलिएको छ’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको भनाइ छ । एमालेले सरकार विरोधी आन्दोलनको तयारी गरिरहेको छ । सचिवालय बैठकमार्फत आन्दोलनका एजेन्डा तय गर्ने र माघ अन्तिम साता केन्द्रीय कमिटी बैठकमार्फत आन्दोलनको मिति घोषणा गरेर आन्दोलन चर्काउने एमाले तयारी छ ।
