• ट्रेण्डिङ्ग :
नेपालका स्पिनर भण्डारी आइसीसीको कारबाहीमा परे

नेपालका स्पिनर भण्डारी आइसीसीको कारबाहीमा परे


  • 3.4K
    SHARES
    • माघ १३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.3K Views

    नेपालका स्पिनर भण्डारी आइसीसीको कारबाहीमा परे

    काठमाडौं १३ माघ/नेपालका स्पिनर सुवास भण्डारीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले कारबाही गरेको छ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् ।

    images

    उनलाई आईसीसीले एक डिमेरिट प्वान्ट दिएको छ । पाकिस्तानविरुद्ध १४औं ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो । त्यसैलाई कारण देखाउदै आईसीसीको आचार संहिता भण्डारी कारबाहीमा परेका हुन् ।

    एक डिमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । यदि कुनै खेलाडीको २४ महिनाभित्र चार डिमेरिट प्वाइन्ट भएमा दुई खेलमा प्रतिबन्ध लाग्नेछ ।


    तेस्रो आँखा