• ट्रेण्डिङ्ग :
मेची पुलबाट सुरु गरे गगन थापाले  ‘मेची-महाकाली संवाद यात्रा’

मेची पुलबाट सुरु गरे गगन थापाले  ‘मेची-महाकाली संवाद यात्रा’


  • 2.6K
    SHARES
    • माघ १३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.0K Views

    मेची पुलबाट सुरु गरे गगन थापाले  ‘मेची-महाकाली संवाद यात्रा’

    झापा १३ माघ/नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेची-महाकाली संवाद यात्रा शुभारम्भ गरेका छन् । उनले शनिबार बिहान झापाको भद्रपुर नगरपालिका-५ मेची पुलबाट संवाद यात्रा शुभारम्भ गरेका हुन् ।

    images

    महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, भाषणका कार्यक्रम नगर्ने तयारी छ । कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ २६ गतेसम्म ‘समुदायमा कांग्रेस अभियान’ सञ्चालन गरेको छ ।

    समुदायमा कांग्रेस अभियान अन्तर्गत सुरू महामन्त्री थापाको संवादयात्रा शुभारम्भ कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता प्रदीप पौडेल लगायतका नेताहरू उपस्थित रहेका थिए ।


    तेस्रो आँखा