• ट्रेण्डिङ्ग :
तीनैतहका सरकारले गरेका कामको बारेमा आम नागरिकलाई जानकारि गराउन आग्रह 

तीनैतहका सरकारले गरेका कामको बारेमा आम नागरिकलाई जानकारि गराउन आग्रह 


  • 4.3K
    SHARES
    • माघ १३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.6K Views

    तीनैतहका सरकारले गरेका कामको बारेमा आम नागरिकलाई जानकारि गराउन आग्रह 

    घोराही १३ माघ/नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उप सभापती राजु खनालले कांग्रेसको नेतृत्वमा भएका तिनै तहका सरकारले गरेका कामको बारेमा आम नागरिकलाई जानकारि गराउन गाउँ तहमा रहेका पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

    images

    नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको भेटघाट कार्क्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री समेत रहेका उपसभापति खनालले पार्टीको नेतृत्वमा भएका उपलब्धीको बारेमा गाउँघरमा रहेका मतदातालाई जानकारि गराउन आबश्यक रहेको बताए ।

    अहिले सम्मका परिवर्तनको नेतृत्व काग्रेसले गरेको भन्दै उप सभापति खनालले अब आर्थिक समृद्दिको नेतृत्व पनि काग्रेसकै नेतृत्वमा गर्नुपर्ने दायित्व रहेको बताए । उपसभापति खनालले पार्टि भित्रका आन्तरिक द्वन्द्वलाई सार्वजजनिक फोरममा नभै पार्टि भित्रकै आन्तरिक बैठक वा कार्यक्रम मार्फत समाधान गरिनुपर्ने बताए । स्वास्थ्य मन्त्री खनालले प्रदेश भित्रका ६ जिल्लामा डायलासिस सेवा सुरू गर्न लागिएको जानकारि दिए । स्वास्थ्य बिमाको दायरा बढाउनु पर्ने आबश्यक्ता महसुस गरिएकोभन्दै मन्त्री खनालले त्यसका लागि प्रयास भैरहेको बताए ।


    तेस्रो आँखा