• ट्रेण्डिङ्ग :
विकास– निर्माणका काममा सरकार असफल भएको महासचिव पोखरेलको आरोप

विकास– निर्माणका काममा सरकार असफल भएको महासचिव पोखरेलको आरोप


  • 3.4K
    SHARES
    • माघ १३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.2K Views

    विकास– निर्माणका काममा सरकार असफल भएको महासचिव पोखरेलको आरोप

    गलकोट, १३ माघ/नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाउनुभएको छ ।

    images

    नेकपा (एमाले) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले राजश्व सङ्कलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताउनुभयो । 

    आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उहाँले पार्टी सङ्गठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताउनुभयो ।  राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । 


    तेस्रो आँखा