• ट्रेण्डिङ्ग :
१ लाख राशीको घोराही कप वडा नम्बर १७ को हातमा  

१ लाख राशीको घोराही कप वडा नम्बर १७ को हातमा  


  • 3.4K
    SHARES
    • माघ १३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.3K Views

    १ लाख राशीको घोराही कप वडा नम्बर १७ को हातमा  

    दाङ १३ माघ/दाङको घोराहीमा जारी छैठौँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधी घोराही १७ ले जितेको छ ।  घोराही १० र १७ विच आज भएको फाइनल खेलमा वडा नम्बर १० लाई १ का विरुद्ध २ गोल गर्दै घोराही १७ ले १ लाख राशीको छैठौँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधी जितेको हो ।

    images

    पहिलो हाफको ३१औँ मिनेटमा घोराही १७ का युवराज रानाले पहिलो गोल गर्दै शुरुवाती अग्रता लिएका थिए । खेलको दोस्रो आफको २२औँ मिनेटमा घोराही १० का दिपेश पुनले जवाफी गोल गर्दे खेललाई बरावरीमा ल्याएका थिए । निक्कै प्रतिष्प्रर्धात्मक खेलको अन्तीममा घोराही १७ का सुजल बस्नेतले निर्णायक गोल गरेका थिए ।  ६ वर्ष देखी हुदैँ आएको प्रतियोगिताको विजेताले नगद १ लाख शिल्ड तथा प्रमाणपत्र र उप विजेताले नगद ५० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । पुस २० गतेदेखी जारी प्रतियोगितामा घोराही उपमहानगर पालिकाका १९ टिम सहभागीता रहेको थियो ।


    तेस्रो आँखा