• ट्रेण्डिङ्ग :
नक्कली टिकट दिएर एजेन्ट फरार

नक्कली टिकट दिएर एजेन्ट फरार


  • 3.0K
    SHARES
    • माघ १३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.7K Views

    नक्कली टिकट दिएर एजेन्ट फरार

    बाँके १३ माघ/बाँकेको खजुरा गाउँपालिका –४ ईगाउँका अमरबहादुर बुढामगरले दुई बर्षअघि बार्षिक ३६ प्रतिशत ब्याजदरमा रकम लिएर खाडी मुलुक दुबई जानका लागि दुई लाख ३० हजार रुपियाँ म्यानपावर कम्पनीका प्रतिनिधिलाई बुझाउनुभयो । 

    images

    रकम बुझाएर दुई बर्षसम्म दुबई जान नपाएका बुढामगर अहिले ब्याजमा लिएको रकम कसरी तिर्ने भन्ने चिन्ताले पिरोलिनुभएको छ । नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै बुढामगरले भन्नुभयो, ‘रकम बुझाएको दुई दिनपछि नै म्यानपावरको एजेन्ट साविक सुर्खेत बजेडीचौर –१ का होमनाथ योगी सम्पर्कबिहीन भए । हाम्रो पैसा फसेको छ, ब्याज दिनदिनै बढिरहेको छ ।’

    दुबईको भलोदिया कम्पनीमा राम्रो काम पाइने आश्वासन दिएपछि योगीलाई ईगाउँका अमरसहित गोपालबहादुर थापा मगर, प्रेम सुनारलगायतका ९ जनाले अढाइ लाखको दरले रकम बुझाउनुभएको हो । 

    योगीले ईगाउँका ९ जनासहित १२ जनासँग रकम बुझेपछि भिसा र टिकट आइसकेको भन्दै सबैलाई काठमाडौं बोलाएको पीडित गोपालबहादुर थापाले बताउनुभयो । गोपालले दुई लाख ५० हजार रुपियाँ बुझाएको बताउनुभयो ।

    नक्कली टिकट थमाएर आफुलाई दुबई लैजाने आश्वासन दिएको पीडितहरुले बताएका छन् । एक महिनासम्म काठमाडौंका होटलमा बसेपछि अन्त्यमा नक्कली टिकट दिएर योगी सम्पर्कबिहीन भएपछि आफुहरु गाउँ फर्किएको पीडितहरुले जनाएका छन् । कतिपय पीडितहरु ब्याज तिर्नका लागि भारतका विभिन्न सहरमा रोजगारीका लागि पुगेका छन् ।

    आफुले पैसा बुझाएका योगी लामो समयदेखि सम्पर्कबिहीन भएकाले उनको खोजी गरी आफुहरुको रकम फिर्ता गराइदिन पीडितहरुले पत्रकार सम्मेलनमार्फत अपिल गरेका छन् । 


    तेस्रो आँखा