• ट्रेण्डिङ्ग :
बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थलमा हवाई उडान प्रभावित

बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थलमा हवाई उडान प्रभावित


  • 3.7K
    SHARES
    • माघ १४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.7K Views

    बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थलमा हवाई उडान प्रभावित

    नेपालगञ्ज १४ माघ/नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । शीतलहर र बाक्लो हुस्सुका कारण पनि भिजिविलिटी नहुँदा हवाई उडान प्रभावित भएको हो । प्रतिकूल मौसमका कारण उडान र अवतरण दुवै प्रभावित भएका छन् ।

    images

    शनिवार नेपालगञ्जमा कुनै पनि उडान हुन सकेन । विमानस्थल प्रमुख सुरेश खनालले बाक्लो हुस्सुका कारण नियमित उडानमा कठिनाइ भइरहेको बताउनुभयो । प्रतिकूल मौसमका कारण माउन्टेन फ्लाइट समेत भएका छैनन् । 

    नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला हुम्ला, मुगु र बाजुरामा जाने समिट र तारा एयरलाइन्सको दुई, यति एयरलाइन्सको एक र बुद्ध एयरलाइन्सको ६ वटा उडान नभएको खनालले बताउनुभयो । श्री एयरलाइन्सको माउन्टेन फ्लाइट पनि भएको छैन । 

    आज पनि बाक्लो हुस्सु र शीतलहर चलेको कारण उडान प्रभावित हुने देखिएको छ । 


    तेस्रो आँखा