• ट्रेण्डिङ्ग :
विद्यालयलाई आर्थिक सहयोग

विद्यालयलाई आर्थिक सहयोग


  • 8.5K
    SHARES
    • माघ १४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 13.0K Views

    विद्यालयलाई आर्थिक सहयोग

    रुकुम, १४ माघ/भूकम्पबाट क्षति पुगेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ ज्यामिरेकोटस्थित जनविकास माध्यमिक विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण गर्न आर्थिक सहयोग प्राप्त गएको छ । अस्थाथी सिकाइ केन्द्र निर्माण गर्न काठमाडौँ वल्र्ड स्कुलले रु एक लाख ६७ हजार सहयोग गरेको हो । 

    images

    काठमाडौँ वल्र्ड स्कुलका शिक्षक मुकुन्द महर्जनले उक्त रकम विद्यालयका प्रधानाध्यापक दीपकसङ्गम थापालाई हस्तान्तरण गर्नुभयो । काठमाडौँ वल्र्ड स्कुलमा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावकबाट उक्त रकम सङ्कलन भएको उहाँले बताउनुभयो । सो रकमबाट सिकाइ केन्द्र निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिने बागेश्वरी असल शासन क्लब (बास) नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष करण विकले जानकारी दिनुभयो । 

    गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट जनविकास माध्यमिक विद्यालयमा क्षति पुगेको थियो । बालशिक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । भूकम्पले तीन विद्यालयमा क्षति पु¥याएपछि अहिले सात अस्थायी सिकाइ केन्द्र निर्माण गरेर पठनपाठन भइरहेको प्रधानाध्यापक थापाले बताउनुभयो । 


    तेस्रो आँखा