• ट्रेण्डिङ्ग :
लुम्बिनीबाट विश्वशान्ति र सहअस्तित्वको सन्देश फैलाउन सकिन्छ : पुन

लुम्बिनीबाट विश्वशान्ति र सहअस्तित्वको सन्देश फैलाउन सकिन्छ : पुन


  • 3.5K
    SHARES
    • माघ १४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.3K Views

    लुम्बिनीबाट विश्वशान्ति र सहअस्तित्वको सन्देश फैलाउन सकिन्छ : पुन

    बुटवल १४ माघ/नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीमगरले आइतबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । लुम्बिनी पुगेका नेताद्वयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन ।

    images

    उपाध्यक्ष लामाले कोषको उपाध्यक्षमा नियुक्त भएदेखि गरेका कामहरुको जानकारी गराएका थिए । पूर्वअर्थमन्त्री पुन र पूर्वसभामुख घर्तीले मायादेवी मन्दिर, अशोक स्तम्भ, पुष्करणी पोखरीको अवलोकन गरे । भ्रमणपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै पुनले लुम्बिनीबाट विश्वशान्ति र सहअस्तित्वको सन्देश फैलाउन सकिने बताए । उनले नयाँ उपाध्यक्षका रुपमा डा। लामाको उपस्थितिले आशा जगाएको बताए ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसको भ्रमणपछि लुम्बिनी अन्तर्राष्ट्रिय रुपमा प्रचार भएको बताए । उनले बुद्धदर्शन शान्ति, मेलमिलाप र सहअस्तित्वको दर्शन रहेको बताउँदै गुटरेसले गरेको विश्व शान्तिको आह्वानको अर्थ रहेको बताए । उनले सबै धर्मका बिच सहअस्तित्वमा बस्नुपर्छ भन्ने सन्देश लुम्बिनीबाट दिन सक्नुपर्ने बताए ।

     


    तेस्रो आँखा