• ट्रेण्डिङ्ग :
पीएम कप क्रिकेट
आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने


  • 3.3K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.0K Views

    आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

    काठमाडौ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछ । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब तथा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    images

    सुदूरपश्चिम र आर्मीबीचको खेल बिहान सवा ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने छ । जारी प्रतियोगितामा ६ खेल खेलेको सुदूरपश्चिम ८ अंकका साथ पाँचौँ स्थानमा छ । ७ खेल खेलेको आर्मी १० अंक जोडेर चौथो स्थानमा छ ।

    यस्तै, गण्डकी र नेपाल पुलिसबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

    प्रतियोगितामा ७ खेलबाट ४ अंक जोडेको गण्डकी आठौँ स्थानमा छ । नेपाल पुलिस ६ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा छ । प्रतियोगितामा सात प्रदेशसहित १० टोली सहभागी छन् ।


    तेस्रो आँखा