• ट्रेण्डिङ्ग :
नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा खड्का पक्राउ

नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा खड्का पक्राउ


  • 3.7K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.6K Views

    नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा खड्का पक्राउ

    काठमाडौँ, १५ माघ/अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 
        
    खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिइ दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    images


    तेस्रो आँखा