• ट्रेण्डिङ्ग :
सत्ता गठबन्धन इमान्दारीपूर्वक अगाडि बढ्नुपर्छ : सङ्ग्रौला

सत्ता गठबन्धन इमान्दारीपूर्वक अगाडि बढ्नुपर्छ : सङ्ग्रौला


  • 3.4K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.2K Views

    सत्ता गठबन्धन इमान्दारीपूर्वक अगाडि बढ्नुपर्छ : सङ्ग्रौला

    लुम्बिनी, १५ माघ/नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सत्ता गठबन्धन इमान्दारीपूर्वक अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले गठबन्धन जुन उद्देश्य र भावनाले अगाडि बढेको छ , त्यहीअनुरुप व्यवहारमा देखिनु पर्दछ भन्नुभयो । 

    images

    ‘सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ अभियानको सिलसिलामा जिल्ला अभियानमा रहनुभएकी नेता डा सङ्ग्रौलाले जनतामाझ भएका गुनासो सम्बोधन गर्न पार्टीले अभियान चलाएको बताउनुभयो । उहाँले पार्टीलाई बलियो बनाउनका लागि अभियान प्रभावकारी रहने  जनाउँदै पार्टी नेतृत्व एक ढिक्का भएर अगाडि बढ्नुपर्छ भन्नुभयो ।  

    कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले कांग्रेसले अहिले सञ्चालन गरेको अभियान समयसापेक्ष रहेको उल्लेख गर्नुभयो । यो अभियानपछि लुम्बिनी प्रदेश समितिले घरघरमा कांग्रेस अभियान लिएर जाने उहाँले बताउनुभयो ।


    तेस्रो आँखा