काठमाडौँ । अर्थबाउण्ड एक्सपिडिसनले भारत सीमादेखि चीन सीमाासम्म्मको नयाँ ट्रेकिङ रूटको पहिचान गरेको छ । संस्था स्थापनाको २५ औ वर्षका अवसरमा राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रथम थ्रु हाईक : इन्डिया बोर्डरदेखि चाईना बोर्डरसम्मको ट्रेक रूटबारे जानकारी दिइयो ।
४४० किलोमिटर लामो यो रूटको ट्रेक गर्न २५ दिन लाग्छ । नेपालमा पुसदेखि फागुनसम्म ट्रेक गर्न यो रूट निकै उपयुक्त रहेको यो रूटमा ट्रेक गरिसकेका राजन सिंम्खडाले बताए ।
यो रूट भारतको सीमा खुनुवन–तौलिहवा–कपिलवस्तु हुँदै चीनको सीमा केरूङ नजिक रसुवागढीसम्मको रहनेछ ।
