• ट्रेण्डिङ्ग :
‘जनतासँग सरोकार भएका प्रमुख मुद्दामा सबै एकजुट हुनुपर्ने’

‘जनतासँग सरोकार भएका प्रमुख मुद्दामा सबै एकजुट हुनुपर्ने’


  • 3.1K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.7K Views

    ‘जनतासँग सरोकार भएका प्रमुख मुद्दामा सबै एकजुट हुनुपर्ने’

    काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश र जनतासँग सरोकार रहेका प्रमुख मुद्दामा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

    images

    ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज (सोमवार) एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको ‘उपभोक्ता हित र सुशासन’बारे सांसदसँग गरेको अन्तरक्रियामा उनले पार्टी, देश र जनताको हितसँग सम्बन्धित विषयमा जनतालाई पनि जोड्नुपर्ने आवश्यकता औँल्याए। 

    उनले सांसदलाई उपभोक्ता हितसँग सम्बन्धित धेरै विषय रहेका र ती विषय सदनमा पनि उठाउनु आवश्यक रहेको भन्दै सदनमा मुद्दा उठाउँदा विषयकेन्द्रित भएर व्यवस्थित प्रस्तुतिको योजना बनाउन आग्रह गरे। 

    कार्यक्रममा उपभोक्ता हित तथा सुशासनसम्बन्धी जानकार ज्योति बानियाँ र विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ताहरू हरेक क्षेत्रमा मर्कामा परिरहेको बताए।

    कार्यक्रममा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठ, प्रतिनिधिसभामा प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, संसद्को दुवै सदनअन्तर्गतका विभिन्न समितिमा रहेका सांसदको सहभागिता थियो।

    विभाग प्रमुख जितु गौतमले उपभोक्ता हित तथा सुशासनका विभिन्न क्षेत्र छुट्याई विभागका सदस्यलाई कार्य विभाजन गरिएको जानकारी गराउँदै सांसदलाई आवश्यक पर्ने सहयोग विभाग र विभागका सदस्यबाट प्राप्त हुने व्यवस्था गरिएको बताए।


    तेस्रो आँखा