• ट्रेण्डिङ्ग :
आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु 

आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु 


  • 3.2K
    SHARES
    • माघ १६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.9K Views

    आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु 

    काठमाडौं  १६ माघ/ आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

    images

    २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुनेछैनन् । अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ ।

    यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको हो । यही अभियानअन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसकेका छन् ।


    तेस्रो आँखा