• ट्रेण्डिङ्ग :
एमाले रुपन्देही देवदह नगर अध्यक्षमा केशव भट्टराई विजयी

एमाले रुपन्देही देवदह नगर अध्यक्षमा केशव भट्टराई विजयी


  • 2.6K
    SHARES
    • माघ १६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.0K Views

    एमाले रुपन्देही देवदह नगर अध्यक्षमा केशव भट्टराई विजयी

    रुपन्देही १६ माघ/नेकपा एमाले रुपन्देही देवदह नगर अध्यक्षमा केशव भट्टराई विजयी भएका छन् । नेतृत्वमा सहमति नभएपछि तीन जनाबीच चुनाव भएको थियो । २२० मतदाता रहेको निर्वाचनमा भट्टराईले ११८ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी कृष्ण पौडेलले ५४ र विष्णु अर्यालले ४८ मत पाए । यस्तै उपाध्यक्षमा कोषबहादुर गुरुङ विजयी भएका छन् ।

    images

    गुरुङले १०८ मत पाउँदा सम्झना दुबेले ३५,पीताम्बर खरेलले ३३,मनबहादुर चौधरीले १९ र त्रनबहादुर सुनारले १८ मत पाए । सचिवमा गणेश डुम्रेले ९५ मत पाएर निर्वाचित भए भने प्रतिस्पर्धी अजय रौनियारले ७३ र जगन्नाथ अधिकारीले ४२ मत पाए ।

    यस्तै उपसचिवमा चन्द्रकान्त खरेल ८८ मत पाएर निर्वाचित हुँदा घनश्याम भण्डारीले ५९,दाताराम अर्यालले ३४ र खेमबहादुर चौहानले १० मत पाएका स्थानीय एमाले नेता गुमानसिंह कुँवरले जानकारी दिए ।

    पदाधिकारीमा सहमति हुन नसके पनि नगर सदस्य पदमा भने निर्विरोध निर्वाचित भैसकेका छन् । लेखा समितिको अध्यक्षमा प्रेम भण्डारी र उपाध्यक्षमा जसु पुनः निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।


    तेस्रो आँखा