• ट्रेण्डिङ्ग :
दंगीशरण ६ मा समुदायमा  जाउ, समाजलाई सुनौ, अभियान सुरु 

दंगीशरण ६ मा समुदायमा  जाउ, समाजलाई सुनौ, अभियान सुरु 


  • 6.2K
    SHARES
    • माघ १६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 9.5K Views

    दंगीशरण ६ मा समुदायमा  जाउ, समाजलाई  सुनौ, अभियान सुरु 

    दंगीशरण १६ माघ/नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यक्रम अन्तरगत आजदेखि माघ २६ गते सम्म संचालन हुने समुदायमा  जाउ समाजलाइ सुनौ भन्ने कार्यक्रम अन्तरगत समुदायमा काँग्रेस अभियान आज देशैभर सुरु भएको छ । सोही अभियान अन्तर्गत  आज दंगीशरण गाउँपालिका वडा न ६ मा नेपाली काँग्रेसले औपचारिक कार्यक्रम गरी अभियानको उद्घाटन गरेको छ ।

    images

    नेपाली काङ्ग्रेस वडा न ६ का वडा सभापती नेत्र बहादुर देवकोटाको सभापतित्व तथा जिल्ला प्रतीनिधिको रुपमा खटि आउनुभएका नेपाली काङ्ग्रेस दाङ जिल्ला सदस्य शकंर शर्मा  र  दंगीशरण गाउँपालीका वडा न ६ का वडा अध्यक्ष तथा नेपाली काङ्ग्रेस दाङ ३ ख का सहसचिव रोशनजंग शाहको उपस्थितीमा अभियानको उद्घाटन गरिएको हो ।

    उक्त अबसरमा शहिदहरुको सम्झनामा उच्च सम्मान गर्दै  अगामी माघ २६ गतेसम्म काङ्ग्रेस  अभियान अन्तरगत कार्यक्रमहरु तय गरिएको छ । भने उक्त कार्यक्रमको सहजकीरण नेपाली काङ्ग्रेस दंगीशरणका सचिव ६ का सचिव सुनिल श्रेष्ठले गर्नु भएको थियो ।


    तेस्रो आँखा