• ट्रेण्डिङ्ग :
‘संसद्मा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पण

‘संसद्मा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पण


  • 4.0K
    SHARES
    • माघ १६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.2K Views

    ‘संसद्मा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पण

    काठमाडौँ १६ माघ/पूर्व राष्ट्रप्रति विद्यादेवी भण्डारी ‘संसद्मा केपी शर्मा ओली’ग्रन्थ लोकार्पण भएको छ । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली वर्तमान राजनीतिका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली व्यक्तित्व भएकोले उहाँ सम्बोधनका शृङ्खलालाई लिपिबद्ध गरिनु महत्वपूर्ण भएको बताउनुभयो ।

    images

    यस कृतिले नेपाली राजनीतिको एक इतिहास र समृद्धिका लागि ओलीको योगदानको झझल्को मिल्ने उहाँले बताउनुभयो । प्रा डा ऋषिराम शर्मा, प्रा डा हेमनाथ पौडेलका सहयोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा रहेका व्यञ्जना विषयक विद्यावारिधिको शोधार्थी सानुमैया खड्का ९सविता०ले उक्त कृति तयार गर्नुभएको हो ।

    एमाले अध्यक्ष ओली, महासचिव शङ्कर पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपतिहरू वैरागी काइँला र गङ्गाप्रसाद उप्रेती, लेखक पुरुषोत्तम दाहाल लगायतको सहभागितामा भएको कार्यक्रममा ओलीका जनता र देश केन्द्रित विचार र पहलको प्रशंसा गरिएको थियो ।


    तेस्रो आँखा