दाङ, १६ माघ । अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियरिङ कलेज घोराही दाङले शहीद दिवसको अवसरमा ज्ञात अज्ञात शहीदलाई सम्झी मौन धारणसहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
इकाइ समितिका अध्यक्ष इ. लोकेन्द्र डाँगीको अध्यक्षता एवम अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन कार्यक्रम भएको थियो । त्यस अवसरमा नेपाल बुद्धिजीवी संगठन दाङका सचिव डा. भीमसेन गिरी र अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य इ.गोविन्द मल्लको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन रोहित पहाडीले गर्नुभएको थियो ।
