• ट्रेण्डिङ्ग :
मोटरसाइकल चोरेर बेच्ने र किन्ने ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरेर बेच्ने र किन्ने ट्राफिक प्रहरीको नियन्त्रणमा


  • 2.9K
    SHARES
    • माघ १६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.5K Views

    मोटरसाइकल चोरेर बेच्ने र किन्ने ट्राफिक प्रहरीको नियन्त्रणमा

    काठमाडौं । मोटरसाइकल चोरेको आरोपमा ट्राफिक प्रहरीले काभ्रेपलाञ्चोकका दुईजनालाई नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले भुम्लु गाउँपालिका–५ का २४ वर्षीय सुरेश विश्‍वकर्मा र तेमाल गाउँपालिका–६ का ३० वर्षीय जितेन्द्र तामाङलाई नियन्त्रणमा लिएको हो ।

    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा वाग्मती प्रदेश ०२–०४१ प ००८६ नम्बरको मोटरसाइकल काठमाडौंको टोखाबाट हराएको निवेदन परेको थियो ।

    ट्राफिक प्रहरीले वास्तविक नम्बर परिवर्तन गरी प्रदेश २–०३–००८ प ४२ ४८ नम्बर राखेर चलाइरहेको अवस्थामा सुरेशलाई काठमाडौं महानगरपालिका–१६ स्थित पुरानो गंगाहल नजिकैबाट नियन्त्रणमा लिएको हो ।

    अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल जितेन्द्रमार्फत विश्‍वकर्माले खरिद गरेको खुलेपछि आएपछि तामाङलाई पनि काठमाडौंको थापाथलीबाट नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा आएका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।


    तेस्रो आँखा