• ट्रेण्डिङ्ग :
राजधानी व्यवस्थापन गर्न अर्थमन्त्री मास्कीले प्रधानमन्त्री भेटे

राजधानी व्यवस्थापन गर्न अर्थमन्त्री मास्कीले प्रधानमन्त्री भेटे


  • 17.6K
    SHARES
    • माघ १६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 27.1K Views

    राजधानी व्यवस्थापन गर्न अर्थमन्त्री मास्कीले प्रधानमन्त्री भेटे

    दाङ, १६ माघ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश राजधानी व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन् ।
     
    मंगलबार अर्थमन्त्री मास्कीसहित शहरी विकास मन्त्री कृष्णा केसी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा, पूर्वाधार विकास प्राधिकरणका प्रमुख छवि पोख्रेलसहितको टोलीले भेटघाट गरी राजधानी व्यवस्थापनका लागि बजेट माग गरेका हुन् । 

    images

    राप्ती गाउँपालिका अध्यक्ष विष्टका अनुसार प्रदेशको व्यवस्थापनका लागि २५ अर्ब जति बजेट आवश्यक पर्ने भएकाले सोही अनुसारको बजेट व्यवस्थापनका लागि छलफल भएको बताए । ऋण लिएर भएपनि राजधानी व्यवस्थापन गर्नका लागि संघीय सरकारसंँग सहमति लिनुपर्ने भएकाले सोही प्रक्रिया अगाडि बढाउन पनि भेटघाट गरिएको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री मास्की

  • तेस्रो आँखा