• ट्रेण्डिङ्ग :
जनमुखी माध्यमिक विद्यालयमा वार्षिकोत्सव समारोह

जनमुखी माध्यमिक विद्यालयमा वार्षिकोत्सव समारोह


  • 20.7K
    SHARES
    • माघ १६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 31.9K Views

    जनमुखी माध्यमिक विद्यालयमा वार्षिकोत्सव समारोह

    माघ १६, दाङ । गढवा गाउँपालिका वडा नम्बर १ रङसिङमा अवस्थित श्री जनमुखी मावि रङसिङको वार्षिकोत्सव आज एक समारोहको आयोजना गरेर सम्पन्न गरिएको छ । 

    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबबहादुर कुमालको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गढवा १ का अध्यक्ष बाबुराम अधिकारी, गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्यामबहादुर विक, जनता मावि कालाकाटेका प्रधानाध्यापक वासुदेव बेल्वासे, संघीय साँसद नारायणी शर्माका स्वकीय सचिव तिलक घिमिरे, मावि पचहियाका प्रधानाध्यापक योगनारायण चौधरी, शिवराज आवि धानखोलाका प्रधानाध्यापक सुनिल पुन, पूर्व विव्यस अध्यक्षद्वय कृष्ण गिरी र एकबहादुर कुमाल र शिक्षाप्रेमी पदम गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

    Rangsing2.jpg

    वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा शैक्षिकसत्र २०७९ मा कक्षा प्रथम, द्वितीय र तृतीय भएका र वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न विधाका खेलहरुमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । सो कार्यक्रममा पूर्व विव्यस अध्यक्ष ज्ञानबहादुर दर्लामी र उत्कृष्ट शिक्षक प्रद्युम्न चौधरीलाई सम्मान गरिएको थियो । महालक्ष्मी फर्निचरका प्रोप्राइटर केशव विकले रोष्टम सौजन्य उपलब्ध गराउनुभएको थियो ।

    Rangsing3.jpg

    विद्यालयका सहायक प्रधानाध्यापक रेकमबहादुर कुवरले स्वागत र प्रधानाध्यापक ज्ञानहरि रिजालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक प्रद्युम्न चौधरीले गर्नुभएको थियो ।

  • सम्बन्धित विषय:

  • # जनमुखी माध्यमिक विद्यालय

  • तेस्रो आँखा