• ट्रेण्डिङ्ग :
बँदेलको आक्रमणबाट वृद्धा गम्भीर घाइते

बँदेलको आक्रमणबाट वृद्धा गम्भीर घाइते


  • 8.9K
    SHARES
    • माघ १७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 13.7K Views

    बँदेलको आक्रमणबाट वृद्धा गम्भीर घाइते

    बैतडी, १७ माघ/बैतडीमा जङ्गली बँदेलको हुल घरमै आएर वृद्ध, महिला र बालबालिकामाथि आक्रमण गरी गम्भीर घाइते बनाउन थालेका छन् । जङ्गली बँदेलको हुलले घरमै पसेर आक्रमण गर्दा मङ्गलबार पाटन नगरपालिका–५, धौंचुली गाउँकी ७० वर्षीय दुरा जोशी गम्भीर घाइते भएपछि अस्पताल भर्ना भएकी छिन् ।

    images

    जोशीमाथि जङ्गली बँदेलले घरमै पसेर आक्रमण गर्दा गम्भीर घाइते भएकी हुन् । कम्मर र खुट्टामा गम्भीर चोट लागेपछि उनी बैतडी अस्पताल भर्ना भएकी छिन् ।  गम्भीर घाइते जोशीलको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धनगढी रेफर गरिएको छ ।

    जङ्गली बँदेलको हुल घरमै आएर आक्रमण गरेको यो पहिलो घटना होइन् । गत माघ ७ गते पाटनसँगै सीमा जोडिएको मेलौली नगरपालिका–२, सलेनास्थित मावन बस्तीमै पसेर आँगनमा खेलीरहेकी नौ वर्षीया बालिका करिश्मा दयालको टाउकोमा टोकेर गम्भीर घाइते बनाएको छ । बँदेल धपाउन गएका छिमेकी ३२ वर्षीय ओमप्रकाश जोशीमाथि पनि बँदेलले आक्रमण गरेर गम्भीर घाइते हुनुभयो । घाइते दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको थियो ।

    बैतडीमा चितुवापछि जङ्गली बँदेलको आक्रमण गर्दा मानिस घाइते र अङ्गभङ्ग भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । चितुवाको आक्रमणमा परी २०६८ यत २८ जनाले ज्यान गुमाएका छन् भने बँदेलको आक्रमणमा परी २० जनाभन्दा बढी गम्भीर घाइते तथा अङ्गभङ्ग भएको वन कार्यालयका सूचना अधिकारी मोहन जोशीले बताए ।


    तेस्रो आँखा