• ट्रेण्डिङ्ग :
आइसिसी यु–१९ मा नेपाल बङ्गलादेशसँग पराजित

आइसिसी यु–१९ मा नेपाल बङ्गलादेशसँग पराजित


  • 2.8K
    SHARES
    • माघ १७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.3K Views

    आइसिसी यु–१९ मा नेपाल बङ्गलादेशसँग पराजित

    काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ। 

    images

    जीतका लागि एक सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। बङ्गलादेशका लागि अरिफुल इस्लाम र जिसान आलमले अर्धशतक प्रहार गरे। 

    अरिफुलले ३८ बलमा अविजित ५९ रन जोडे। उनले ७ चौका र २ छक्का प्रहार गरे। जिसानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए। 

    उस्हिकुर शिब्लीले १६, चोद्हुर रिजवानले १५ र अहर्र अमिनले १० रन बनाए। नेपालका लागि स्पिनर सुभास भण्डारीले ५ विकेट लिए।

    यसअघि दक्षिण अप्रिकाको माङ्काउग ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६९ रनको योगफल तयार पारेको थियो।

    नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाएका थिए। उनले एक सय बलमा ६ चौको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरेका थिए। यसैगरी कप्तान देव खनालले ३५, सुवास भण्डारीले अविजित १८ र अर्जुन कुमालले १४ रन बनाए।

    बङ्गलादेशका लागि रहमत ब्रोसनले चार विकेट लिए बने शेख परवेज जीवनले तीन विकेट झारे। क्वाल इमोन र मारुफ मृदले समान एक/एक विकेट लिए। अब नेपालले शुक्रबार भारतसँग खेल्नेछ। 



    तेस्रो आँखा