बुटवल १८ माघ/बुटवलमा प्रहरीले मरेका माछा बरामद गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ योगीकुटी चोकबाट प्रहरीले मरेका माछा बरामद गरेको हो । उक्त माछा भारतबाट ल्याइएको प्रहरीको भनाई छ ।
भन्सार छलेर, चोरी निकासी गरी अवैध रुपमा माछा ओसार पोसार भई रहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलिले माछा बरामद गरेको हो । प्रहरीका अनुसार माइक्रो बसहरु चेक जाँच गर्ने क्रममा भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका बसहरूको पछाडि डिक्कीमा लुकाई छिपाई राखेका प्लाष्टिकको ८ बोरा माछा बरामद गरिएको भएको छ ।
बरामद भएका बैखि जातका मरेका माछा एकै ठाउँमा राखी तौल गर्दा ६ क्वीन्टल रहेको प्रहरीको भनाइ छ । बरामद माछा स्थानिय प्रतिनिधिहरुको रोहवरमा इलाका प्रहरी कार्यालयको कम्पाउण्ड भित्र खाडल खनी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
