• ट्रेण्डिङ्ग :
रास्वपाले अलपत्र आयोजनाको निर्माण पूरा गराउन दबाब स्वरुप पैदल यात्रा गर्ने 

रास्वपाले अलपत्र आयोजनाको निर्माण पूरा गराउन दबाब स्वरुप पैदल यात्रा गर्ने 


  • 3.8K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.8K Views

    रास्वपाले अलपत्र आयोजनाको निर्माण पूरा गराउन दबाब  स्वरुप  पैदल यात्रा गर्ने 

    काठमाडौं १८ माघ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ।  रास्वपाले मेलम्चीसहित आयोजनाहरू अलपत्र रहेको भन्दै निर्माण पूरा गराउन दबाब दिन पैदल यात्रा गर्न लागेको हो। पछिल्लो पटक गत माघ १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरू गरिएको थियो।

    images

    यही माघ २१ गते दबाब यात्रालाई सभापति रवि लामिछानेले सुरूवात गर्नेछन्। सो दिन मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा हुने रास्वपाले जनाएको छ। सातै प्रदेशमा तीन वटाका दरले आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ। त्यसका लागि प्रतिनिधि सभा सांसदहरूलाई जिम्मेवारी दिइएको छ। सभापति लामिछाने सहितले नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन्।

    उपसभापति डिपी अर्यालले काठमाडौं-मधेस द्रुतमार्ग र अर्का उपसभापति स्वर्णिम वाग्लेले घुमाउने पुल र सडक स्तरउन्नती योजनामा दबाब यात्रा गर्ने भएका छन्। रास्वपाले गत पुस ९ देखि ११ गतेसम्म नारायणगढ-बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरेको थियो। लामो समयदेखि अलपत्र र नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजना प्राथमिकतामा राखेर दबाब यात्रा गर्न लागिएको रास्वपाले जनाएको छ।


    तेस्रो आँखा