• ट्रेण्डिङ्ग :
श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ


  • 3.4K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.2K Views

    श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

    दमक, १८ माघ/श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन् ।

    images

    गए राति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ः०० बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको दमक इलाका प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताउनुभयो ।

    कुटपिटबाट मृत्यु भएपछि आज बिहान मात्र ७:३० बजे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरीको टोली पुगेर अभियुक्त राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुुरु गरिएको उहाँले जानकारी दिनुभयो । मृतकको अनुहार र टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रनाउ लामाले बताउनुभयो ।


    तेस्रो आँखा