• ट्रेण्डिङ्ग :
चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


  • 2.5K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.8K Views

    चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौँ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका व्यापारी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

    images

    चौधरीलाई बिहीबार सीआईबीले पक्राउ गरेर हिरासतमा राख्ने अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरीलाई चार दिन हिरासतमा राख्नका लागि म्याद थप गरेको हो ।

    प्रहरीले चौधरीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट म्याद मागेको थियो । चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको थियो । उनलाई सीआईबी हिरासतमा राखिएको छ । पक्राउ परेका चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

    प्रहरीले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको आरोपमा अजितनारायणसिंह थापालाई पनि पक्राउ गरेको थियो । थापा बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष हुन् ।


    तेस्रो आँखा