• ट्रेण्डिङ्ग :
रुकुमपूर्वमा हिमपात : सडक अवरुद्ध, टेलिफोन सेवा ठप्प 

रुकुमपूर्वमा हिमपात : सडक अवरुद्ध, टेलिफोन सेवा ठप्प 


  • 3.5K
    SHARES
    • माघ १९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.4K Views

    रुकुमपूर्वमा हिमपात : सडक अवरुद्ध, टेलिफोन सेवा ठप्प 

    रुकुम १९ माघ/हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन्।

    images

    मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना क्षेत्रको झण्डै १९ किलोमिटर सडकमा बाक्लो हिउँ जमेको छ। बिहीबार दिनभरिजसो हिमपात भएपछि सडक खुलाउन सकिएको थिएन। आज सडकमा जमेको हिउँ पन्छाउने तयारी भइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। 

    सडक अवरुद्ध भएपछि बिहीबार काठमाडौँबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिएका छन्। अलपत्र परेका यात्रुलाई प्रहरी र प्रशासनको गाडीमार्फत उद्धार गरेर रुकुमकोट ल्याइएको छ।   

    हिउँ परेपछि शहीदमार्ग पनि अवरुद्ध भएको छ। भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकाको सिमाना रिकालेकदेखि हुकामसम्मको सडकखण्ड अवरुद्ध छ।  हिउँ परेपछि पुथा उत्तरगङ्गा गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ। यस क्षेत्रमा फोन सेवासमेत ठप्प छ।


    तेस्रो आँखा