• ट्रेण्डिङ्ग :
नेपाली कांग्रेस वडा समितिको आयोजनामा रक्तदान 

नेपाली कांग्रेस वडा समितिको आयोजनामा रक्तदान 


  • 3.3K
    SHARES
    • माघ २०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.0K Views

    नेपाली कांग्रेस वडा समितिको आयोजनामा रक्तदान 

    तुलसीपुर, २० माघ/नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ समितिले रक्तदान कार्यक्रम गरेको छ । ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत वडा समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको वडा सभापति नबिन बुढाथोकीले बताए । ‘समुदायमा कांग्रेस ’ अन्तर्गत शनिबार रक्तदान कार्यक्रम गरेका छौँ ।’ उनले भने(‘मानविय सेवाको सबैभन्दा उत्तम कार्य नै रक्तदान हो ।’ 

    images

    त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पाटीले रक्तदान कार्यक्रम गरी सामाजिक उत्तरदायित्व पुरा गरेको बताए । उनले नेपाली कांग्रेस जहिले पनि जनताको साथमै रहेको भन्दै अहिले समुदायमा कांग्रेस अभियान अन्तर्गत रक्तदान कार्यक्रम पनि सकारात्मक काम भएको बताए । कार्यक्रममा जिल्ला प्रतिनिधि सालिकराम रेग्मीले रक्तदान कार्यक्रम रचनात्मक काम भएको बताए । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका सभापति जनक खरालले रक्तदान नै सबैभन्दा ठुलो मानविय सेवा भएकाले रचतनात्मक कार्यमा राजनैतिक पाटी लाग्नुपर्ने बताए ।

    तरुण दल दाङका अध्यक्ष टिका घर्तीले राजनीतिक पाटीले युवलाई सकात्मक काममा लाग्न पे्ररित गर्नुपर्ने बताए । रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको वडा सभापति बुढाथोकीले बताए । वडा समितिले मानव सेवा आश्रमको भवन निर्माणको सहयोगार्थ २५ हजार ५०५ पनि सहयोग गरेको जानकारी दिए ।


    तेस्रो आँखा