• ट्रेण्डिङ्ग :
डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते

डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते


  • 2.8K
    SHARES
    • माघ २०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.3K Views

    डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते

    डोटी । डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।  भालुको आक्रमणबाट घाइते हुनेमा डोटीको आदर्श गाउँपालिका-२ कुचेडा बस्ने शेर बहादुर बोहराको श्रीमती वर्ष २४ कि देउसरा बोहरा घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बताए । 

    images

    घर नजिकै रहेको जङ्गलमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरी बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते महिलालाई मौवा स्वास्थ्य चौकीमा उपचार गरी थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको समेत प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा