काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डे अर्थ मन्त्रालयमा तानिएका छन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार, अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार (हिजो) भन्सार विभागका सेवन्तक पोखरेललाई पाण्डेको ठाउँमा पठाएका छन् ।
पाण्डे ६ महिनाअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भएका थिए । उनी त्यसअघि राष्ट्रिय किताब खाना (निजामती)को महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । सरुवा भएलगतै उनलाई भन्सार कार्यालयको जिम्मेवारी दिइएको थियो ।
