• ट्रेण्डिङ्ग :
प्रहरी जवानद्धारा श्रीमती र छोराको हत्या

प्रहरी जवानद्धारा श्रीमती र छोराको हत्या


  • 4.6K
    SHARES
    • माघ २१, २०८० आइतबार
    • २ बर्षs अघि
    • 7.0K Views

    प्रहरी जवानद्धारा श्रीमती र छोराको हत्या

    घोराही, २१ माघ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले आफ्नी श्रीमती र छोराको हत्या गरेका छन् । 

    images

    गएराति घोराहीस्थित ग्रिनपिस होटेलमा श्रीमती टीका विक र साढे दुई वर्षका छोरा सुशान्त नेपालीसहित बास बस्न गएका थिए । रोल्पा रुन्टिगढी घर भएका पिमलालले श्रीमती र छोराको घाँटीमा सलले कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । 

    श्रीमती र छोराको हत्या गरेका पिमलालले जिल्ला प्रहरी कार्यालयमा पुगेर हत्या गरेको भन्दै आत्मसमर्पण गरेका हुन् । हत्याको कारण खुलेको छैन । प्रहरी जवान पिमलाल प्रहरी नियन्त्रणमा छन् । 


    तेस्रो आँखा