काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैंक र सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।
सोमवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा सभापति लामिछानेले सरकारले सत्ता टिकाउने, सरकार चलाउने र सरकार जोगाउने किसिमका कामका लागि मात्रै संसद् नभएर जनतासँग उत्तदायी भएर काम गर्नुपर्ने बताए।
उनले सरकारले सत्ता टिकाउने गरी अनावश्यक विधेयक संसद्मा पेश गर्ने तयारी गरेको सुनिएको भन्दै जनताप्रति उत्तरदायी सदन बनाउनुपर्नेमा जोड दिए।
उनले जिम्मेवार राजनीतिक दलको तर्फबाट यो संसद् अधिवेशनलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामको तयारीका साथ आएको बताए। उनले सरकारले संसद्मा बढीभन्दा बढी बिजनेस दिनुपर्ने पनि बताए।
