• ट्रेण्डिङ्ग :
पुल बन्न थालेपछि स्थानीय खुसी 

पुल बन्न थालेपछि स्थानीय खुसी 


  • 4.7K
    SHARES
    • माघ २३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 7.3K Views

    पुल बन्न थालेपछि स्थानीय खुसी 

    दाङ, २३ माघ/दाङको बबई गाउँपालिका वडा नं.२ सितापुरमा झोलुंगे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् ।  लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले ४६ लाख बजेट बिनियोजन गरेपछि सोही स्थानमा पुल निर्माण सुरु भएको हो ।

    images

    उक्त पुलको अर्थमन्त्री मास्कीले सिलन्यास गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले समयमै पुल निर्माण पूरा गर्न निर्देशन दिए । सोही ठाउँमा आवतजावतमा निकै समस्या हुने गरेको भन्दै त्यो समस्या समाधानकालागि आफूले बजेट बिनियोजन गरेर काम अघि बढाएको बताए ।  बर्षादमा वारपार गर्न नसक्दा विद्यार्थीहरु समेत पढाईबाट बञ्चित हुनुपर्ने अबस्था थियो । विरामी पर्दा पनि वारपार गर्न सकिने अबस्था थिएन । पुल निर्माण भएपछि त्यो समस्या हल हुने मन्त्री मास्कीले बताए ।

    घुरिनडाँडा–ठुलचौर जोड्ने गरि झुलुङ्गे पुल निर्माण सुरु भएको हो । ठूलाचौरमा करिब २० घर छन् । त्यहाँका मात्रै करिब ३०/३५ जना विद्यार्थीहरु नियमित विद्यालय जाने गरेका छन् । पुल निर्माण  भएपछि आफूहरु खुसी भएको स्थानीय लिला विकले बताए । 


    तेस्रो आँखा